अन्तर्राष्ट्रिय

चीनले भन्यो– एसपीपीमा सहभागी नहुने नेपालको निर्णय प्रशंसनीय

By खबरहब

June 23, 2022

काठमाडौं– चीनले स्टेट पार्टनरशीप पोग्राम (एसपीपी) मा सहभागी नहुने नेपालको निर्णयको प्रशंसा गरेको छ ।

बिहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले एसपीपीमा सहभागी नहुने नेपालको निर्णयलाई नोटिस गरेको बताएका हुन् ।

नेपालमा एसपीपीलाई लिएर चौतर्फी विरोध भएको बताउँदै वेनले नेपालको यो निर्णय सह्रानीय भएको बताए । उनले नेपालमा राजनीतिक दल र सेनाले समेत यसको विरोध गरेको पनि बताए ।

साथै प्रवक्ता वेनले चीनले नेपाललाई असल छिमेकीका रुपमा सदैव साथ र सहयोग गर्ने पनि बताए । उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि चीन सधै साथमा रहेको पनि बताए ।