फाइल फोटो

प्रधानमन्त्री देउवाद्वारा बिजुक्छेँलाई समवेदना प्रकट

By खबरहब

June 23, 2022

काठमाडौँ– पत्नी शोकमा परेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गरेका छन् ।

बिजुक्छेँलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गरेका हुन् । बिजुक्छेँकी पत्नी शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर रोग निवारण संस्थामा बुधबार निधन भएको थियो ।