समाचार

 प्रेस युनियनको मतदान अझै सुरु भएन

By खबरहब

July 23, 2022

हेटौंडा– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु भएको छैन ।

निर्वाचन समितिले मतदाता नामावली टाँस गरिसकेको भए पनि प्रतिनिधि विवादका कारण मतदान सुरु नभएको केन्द्रिय सदस्यका उम्मेदवार तेजन खडकाले जानकारी दिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि मतदान शुरु हुनु पर्ने थियो भने दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका थियो ।

जारी अधिवेशनमा १ हजार ६ सय ३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि संस्थापन र इतर निकटका पत्रकारको दुई वटा प्यानल छन्, जसअनुसार संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्सालको प्यानल प्रतिस्पर्धामा छ ।