ब्रेकिङ स्टोरी

थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

July 23, 2022

काठमाडौँ– नेपालमा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८८ पिसिआर परीक्षणका क्रममा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ९४ जना निको भएका छन् । 

हाल नेपालमा २ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।