प्रतिकात्मक तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा विस्फोट हुँदा एक बालकको मृत्यु

By खबरहब

July 23, 2022

काठमाडौँ- अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहबाहिर विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशकले शनिबार दिएको जानकारी अनुसार बालबालिका सहित केही दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूले कन्टेनरबाट स्क्र्याप धातुहरू ट्रकमा लोड गर्नेक्रममा सो दुर्घटना भएको हो ।

युद्धग्रस्त र आर्थिक रूपमा पिछडिएको अफगानिस्तानमा थुप्रै बालबालिकाहरू जीविकोपार्जन गर्न र आफ्नो परिवारलाई सहयोग गर्न गर्न सडकमा काम गर्न बाध्य छन् ।

अफगानिस्तानलाई संसारमा सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ । यहाँ युद्धबाट बचेका खानी र विस्फोटन नगरिएका हतियारहरूले प्रायः मानिसहरूको ज्यान लिने गरेको घटना सार्वजनिक भइरहन्छन् ।

करिब दुई महिनाअघि उत्तरी कुन्दुज प्रान्तमा भएको यस्तै घटनामा दुई बालबालिकाको ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।