फाइल फोटो

समाचार

मंकीपक्सका बिरामी बढेपछि विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

By खबरहब

July 23, 2022

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको बीबीसीले जनाएको छ ।

संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् । यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

विश्वव्यापी स्वास्थ्य संकटकाललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो चेतावनी मानिन्छ ।मंकीपक्सका बिरामी तीब्ररूपमा बढेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।