ब्रेकिङ स्टोरी

काठमाडौँ उपत्यकामा बन्दको सामान्य प्रभाव

By खबरहब

August 23, 2022

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरूले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ ।

निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महँगी बढेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।