देश/प्रदेश

थप ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

By खबरहब

August 23, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परीक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परीक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने ४१७ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।