प्रधानमन्त्री निवास बालुवाटार : फाइल फोटो

ब्रेकिङ स्टोरी

सिट बाँडफाँड टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

By खबरहब

August 23, 2022

काठमाडौँ- सिट बाँडफाँडबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँडबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन् ।

आजको बैठकमा सिट बाँडफाँडका आधारहरूमाथि छलफल भएको थियो । बैठक भोलि पुनः बस्ने जनाइएको छ ।