सांकेतिक तस्वीर ।

अपराध

जबरजस्ती करणी मुद्दाका फरार १८ वर्षपछि पक्राउ

By खबरहब

August 23, 2022

काठमाडौँ- जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना १८ वर्षपछि पक्राउ परेका छन ।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–५ का सुरज विश्वकर्मालाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको थिए ।

सो घटनमा संलग्न भएको भन्दै विश्वकर्मालाई सर्वोच्च अदालतले ९ वर्ष ५ महिना १९ दिन कैद ठहर गरेको थियो ।

लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले बराहक्षेत्र–५ भरौलबाट पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।