क्रिकेट

इंग्ल्यान्डविरुद्ध घरेलु टोली पाकिस्तान विजयी

By खबरहब

September 23, 2022

काठमाडौँ – इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली पाकिस्तानले जित हात पारेको छ ।

बिहीबार राति कराँचीमा भएको खेलमा भ्रमणकारी टोली इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। यससँगै पाकिस्तान १० विकेटले विजयी भयो ।

यस जितसँगै ७ खेलको सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ ।