ब्रेकिङ स्टोरी

सभामुख र उपसभामुखविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

By खबरहब

September 23, 2022

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ।

समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै बिहीबार परेको रिटमाथि आज पेसी तोकिएको हो।

नेपालको संविधान २०७२ मा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त हुने भनिएको छ। तर सभामुख र उपसभामुखले सेवा सुविधा लिइरहेका छन्। उनीहरुले स्वयमले उम्मेदवारी नदिएसम्म पद रहीरहने तर्क गरिरहेका छन्।

त्यसैले दुवैको कार्यकाल सकिएकाले उक्त पद खाली गर्नू भनी अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ। अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका हुन्।