अटो

एनसीसी बैँक र फोन पे बीच क्यासब्याक सम्झौता

By खबरहब

September 23, 2022

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र ‘फोन पे’ बीच दसैं तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ ।

एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलोपटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु।१०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ ।

दसैं लक्षित यो अफर असोज ७ गतेदेखि १४ गतेसम्म संचालन हुनेछ भने, तिहारलाई लक्षित गरी कार्तिक २ देखि ६ गतेसम्म संचालन हुनेछ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

यस अफरमा सहभागिता जनाउन सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एपमार्फत भुक्तानी गरेको हुनुपर्नेछ । दसैं र तिहार गरी २ पटक यो अफर संचालन हुने भएको छ ।

एनसीसीले बैंक २५ वर्षदेखि आम नागरिक माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय हुँदै आएको छ