अपराध

चोरी मुद्धामा फरार अभियुक्त चाबहिलबाट पक्राउ

By खबरहब

September 23, 2022

काठमाडौँ – प्रहरी चोरी मुद्धाका एक जना फरार अभियुक्तलाई ६ महिना पछि पक्राउ गरको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर ६ जोरपाटी घर भएका ४३ वर्षीय राजु तामाङ रहेका छन् ।

गत बैशाख १५ गते कोटेश्वरको एक घरमा कोही नभएको मौका पारी नगद रु १५ लाख ८४ र गरगहना चोरी फरार भएका तामाङलाई प्रहरीको अपराध अनुसन्धान टोलीले चाबहिलबाट पक्राउ गरेको हो । उनी यस भन्दा पहिले पनि पटक–पटक चोरी मुद्धामा दोषी देखिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।