खेलकुद

स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित

By खबरहब

October 23, 2022

काठमाडौं – रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शनिबार राति सानदार जित निकालेको छ।

घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित निकाल्यो । जितसङै शीर्षस्थान बलियो बनाएको छ ।

रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले एक एक गोल गरे । जितसँगै रियल ११ खेलबाट ३१ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित सेभिया १० अंक जोडेर १४औं स्थानमा छ ।