फाइल फोटो

राजनीति

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढी र सुर्खेतमा

By खबरहब

October 23, 2022

काठमाडौँ – मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशका सातै प्रदेशमा चुनावी सभा गरिरहेको छ ।

ललितपुर, पोखरा, बुटवल र जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय गठबन्धनले आज कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा भेला आयोजना गर्दैछ ।

धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको माओवादी केन्द्रले तथा सुर्खेतमा हुने भेलाको समन्वय कांग्रेसले गर्नेछन् ।

दुबै क्षेत्रको भेलालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।