फाइल फोटो

राजनीति

‘काठमाडौँको खानेपानी, फोहोर र ट्राफिक समस्या समाधान गर्छु’

By खबरहब

October 23, 2022

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दाहित्व भएको बताएका छन् ।

काठमाडौँमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण गर्ने आफ्नो पहिलो दायित्व रहेको जनाए ।

‘प्रशासनिक प्रक्रियामा झन्झटिलो छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो’, उनले भने ।

राजनीति अस्थिरताका कारण देशको समस्या जहाँको त्यहीँ रहेकाले राजनीतिक स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने नेता सिंहको बुझाइ छ।

काठमाडौँमा देखिएको खानेपानी, फोहोर व्यवस्थापन र ट्राफिक जामलगायतका न्यूनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू फेरि जनतामाझ आएको सुनाए।