फाइल फोटो

देश/प्रदेश

दार्चुलामा भएको ट्याक्टर दुर्घटनाका मृतकको पहिचान खुल्यो

By खबरहब

October 23, 2022

काठमाडौँ- दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नं को ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।

ट्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

दुर्घटना परी मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–५ का अन्दाजी ४५ वार्षीय ट्याक्टर चालक पन्चु राना र सोही ट्याक्टरमा सवार शैल्यशिखर–५ का सन्तोषसिंह डागा रहेका छन् । त्यस्तै घाइते हुनेमा शैल्यशिखर–५ का २७ वर्षीय श्यामसिंह डागा र सोही ठाउँका २८ वर्षीय सुरेश डागा रहेका छन् ।

घाइते दुबै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने मृतकको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।