देश/प्रदेश

‘मेमोरी किङ’ लाई ओलीले दिए प्रमाणपत्र

By खबरहब

October 23, 2022

काठमाडौँ- ‘मेमोरी किङ’ उपनामले चिनिएका अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवामाझ लोकप्रिय अर्पणले लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ को कार्यालयबाट नेपाल आएलगत्तै विश्व कीर्तिमानको प्रमाणपत्र सार्वजनिक गरेका हुन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूलाई दिन्छन् ।

यसअघि सन् २०१५ मा शर्माले १ मिनेटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्र नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने वाचा गर्दछु उनी बताउँछन् ।