प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

तिनाउ खोलाले बगाएर तीन वर्षीय बालकको मृत्यु

By खबरहब

October 23, 2022

काठमाडौँ- पाल्पाको तिनाउ गाउँपालिका–२ दोभानमा तिनाउ खोलाले बगाएर तीन वर्षीय मायुस सारुको मृत्यु भएको छ । आइतबार दिउँसो दिदीसँग नुहाउन खोलामा गएका सारुको तिनाउ खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नुहाउने क्रममा खोलामा बेपत्ता भएका सारुलाई खोजी गर्ने क्रममा १ हजार ५ सय मिटर तल फेला परेका थिए । उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।