आर्थिक

तिहार सुरु भएसँगै बजारमा भीडभाड बढ्दो (फोटो फिचर)

By खबरहब

October 23, 2022

काठमाडौँ- तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो ।

आइतबार काग तिहार र  सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । मंगलबार गाईपूजा, बुधबार गोवर्द्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ ।

भाइटीकाको उत्तक साइत बिहीबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।