फाइल फोटो

राजनीति

आयोगले गगन थापालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

By खबरहब

October 23, 2022

काठमाडौँ – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

‘फेरि पनि काठमाडौं–४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने ब्यहोराको ट्वीट गरिएको भनि उजुरी प्राप्त भएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ। थापा काठमाडौं–४ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।