अपराध

नक्कली नोटसहित पाँच जना जोरपाटीबाट पक्राउ

By खबरहब

October 23, 2022

काठमाडौँ – गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट एक हजार दरको ११ थान नक्कली नोटसहित पाँच पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो । साथै उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी रु ८४ हजार पाँच सयसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।