राजनीति

काठमाडौँ ३ (२) मा कांग्रेसका विमल ठकुरी निर्वाचित

By खबरहब

November 23, 2022

काठमाडौं । काठमाडौं ३ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार विमल ठकुरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयाँललाई पराजित गरेका हुन् ।

मंगलबार राति सम्पन्न मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार ठकुरी १० हजार ६१७ मतसहित निर्वाचित भएका हुन् । भने एमालेका उम्मेदवार फुयाँलले ८ हजार २४७ मत ल्याएका छन् ।