ब्रेकिङ स्टोरी

डडेल्धुरामा प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

By खबरहब

November 23, 2022

काठमाडौँ – डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । पछिल्लाे मतपरिणाम अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १९ हजार २ सय २१ मत प्राप्त गरेका छन् ।

उनीे सुरूआती चरणबाट नै अग्रस्थानमा छन्। प्रधानमन्त्री देउवालाई स्वतन्त्र उमेदवार सागर ढकालले पछ्याउँदै आएका छन् । सागरले नाै हजार आठ सय ५९ मत ल्याएका छन् ।

भने नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले पाँच हजार पाँच ३६ मत ल्याएर तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । दुई हजार ७२ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकिएपश्चात प्रदेशसभा सदस्यको मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।