ब्रेकिङ स्टोरी

काठमाडौँ २ मा अग्रता बढाउँदै सोविता, ओनसरी चौथो स्थानमा

By खबरहब

November 23, 2022

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार सोविताले १२ हजार २८१ मत प्राप्त गरेकी छन् । भने नेकपा एमालेका मणिराम फुयालले ९ हजार ३६९ मतसहित उनलाई पछ्याईरहेका छन् । उनीहरूबीच २ हजार ९१२ मतको अन्तर छ।

यस्तै ८ हजार ५०७ मत सहित राप्रपाकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती ८ हजार ६७ मतसहित चौथो स्थानमा छन्।