ब्रेकिङ स्टोरी

डडेलधुराबाट प्रधामन्त्री देउवा निर्वाचित

By खबरहब

November 23, 2022

डडेलधुरा – प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट संसदमा निर्वाचित भएका छन् । यो उनको सातौं पटकको संसद यात्रा हो । कांग्रेस उम्मेदवार देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन् । उनँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्।

डडेलधुराबाट देउवा २०४८ सालपछि लगातार संसदमा निर्वाचित हुँदै आएका छन्। एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटक देउवालाई हराउन स्वतन्त्र उम्मेदवार सागर ढकाल र एमालेको साथ पाएका बीपी कांग्रेसका मल्ल असफल भएका हुन्। यो जितसँगै देउवाले इतिहास रचेका छन्। डडेलधुरामा देउवाको उदयलाई निर्विकल्प रुपमासमेत हेरिएको छ ।