ब्रेकिङ स्टोरी

गुल्मीमा जिप दुर्घटना पाँच जनाको मृत्यु, चार जना घाइते

By खबरहब

November 23, 2022

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । बुधबार बिहान साढे २ बजेतिर सत्यवती गाउँपालिकाको कुटडाँडामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठूलो लुम्पेकदेखि कुटडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार दुर्घटनामा परेर जिपका धनीसहित पाँच जनाको मृत्यु भएको हो ।

मृतकको पूर्ण विवरण आइनसकेको उनको भनाइ छ । घाइते ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको छ ।