सांकेतिक तस्बिर

समाचार

मतगणनास्थल नजिकै खुकुरी प्रहार गरी युवकको हत्या

By खबरहब

November 23, 2022

बुटवल – पश्चिम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राति एक युवकको खुकुरी प्रहार गरी हत्या भएको छ भने एक महिला घाइते भएकी छन्।

मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन। इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५/४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइते महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ।

इलाका प्रहरी कार्यालय बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। घटना घटेको स्थानमा गैडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही खुलेको छैन। मतगणना स्थलबाट करिब १ सय मिटरको दुरीमा सो घटना भएको हो।