ब्रेकिङ स्टोरी

बाँके १ बाट राप्रपाका धवलशमशेर विजयी

By खबरहब

November 23, 2022

नेपालगन्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके १ बाट निर्वाचित भएका छन् ।

जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् ।

नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याए ।

उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् ।

गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे ।