राजनीति

भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

By खबरहब

November 23, 2022

भक्तपुर – निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् ।

यहि मङसिर ४ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै श्रेष्ठले चुनाव जितेका हुन्।

एमालेका श्रेष्ठले आठ हजार दुई सय १२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार दुई सय एक र राप्रपाका राजु कुइँकेलले पाँच हजार नौ सय ४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद वास्तोलाले जानकारी दिए ।