राजनीति

काठमाडौँ-९ (१) र ६ (२)मा एमाले विजयी

By खबरहब

November 23, 2022

काठमाडौँ- काठमाडौँ–९ (१) र ६ (२) मा नेकपा एमाले विजयी भएको छ। ७ (२) बाट इञ्जीनियर अमनकुमार मास्के र ६ (२) बाट हरिकृष्ण डङ्गोल विजयी भएका हुन् ।

आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरेका छन् ।

काठमाडौँ–९ (१) का निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार डङ्गोल चार हजार चार सय ५२ मतसहित विजयी भएका हुन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पारे । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ७ को प्रदेशसभा (२)मा पनि एमालेका प्रकाश श्रेष्ठ विजयी भइसकेका छन् ।