ब्रेकिङ स्टोरी

अछाम – १ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी

By खबरहब

November 23, 2022

अछाम – अछाम क्षेत्र नं १ बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

कुँवर १९ हजार पाँच सय ३४ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत पाए ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए ।