राजनीति

जाजरकोट १(२) बाट राजीवविक्रम शाह विजयी

By खबरहब

November 23, 2022

जाजरकोट – जाजरकोट क्षेत्र नं १(२) बाट नेपाली कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मत ल्याएर विजयी भएका हुन्।

नेकपा (माओवादी केन्द्र)को साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन् । शाहीले १० हजार पाँच सय ३० मत प्राप्त गरे ।

समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका शाह कांग्रेसका केन्द्रीयसमेत छन् ।