समाचार

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा एमाले विजयी

By खबरहब

November 23, 2022

नवल – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा एमालेले विजयी भएको छ । २ को (१) मा एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र २ कै (२) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् ।

श्रेष्ठ १९ हजार तीन सय ७८ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत पाए । यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।

त्यसैगरी (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपाल खनालले १४ हजार सात सय ६१ मत ल्याए ।