फाइल फोटो

राजनीति

घण्टीभन्दा शशाङ्क कोइराला २५०० मतले अगाडि

By खबरहब

November 23, 2022

नवलपुर – पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै राखेका छन् ।

मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गरेका छन् । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका छन् भने नेकपा (एमाले)का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् ।

पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राखेका छन्। कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गरेका छन् ।