राजनीति

दार्चुला प्रदेशसभा १ मा गठबन्धनका धामी विजयी

By खबरहब

November 23, 2022

खलङ्गा– प्रतिनिधिसभाको  एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी भएका छन् । धामीले १५ हजार एक सय २७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१  मत प्राप्त गरेका थिए । 

साथै, स्वतन्त्र उम्मेदवार शंकर सिंह धामीले एक हजार चार सय १८ मत ल्याएका थिए । दार्चुलाको प्रदेशसभा १ मा ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार पाँच सय ४२ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ३४ मत बदर भएका थिए ।