प्रतिकात्मक तस्वीर

राजनीति

डोल्पामा मतगणनाको तयारी

By खबरहब

November 23, 2022

कर्णाली– मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेपछि सर्वदलीय बैठक बस्न थालेको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले अत्यन्तै जाडो मौसम र भौगोलिकताका कारण मतपेटिका संकलनमा तीन दिनको समय लागेकोले मतगणनाकार्य ढिला हुनगएको बताए ।

उनका अनुसार ढिलोमा आज २ बजेदेखि मतगणना सुरु हुनेछ । डोल्पामा कूल २२ हजार सात सय ७४ मतदातामध्ये १७ हजार सात सय ९७ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।