समाचार

कैलाली ५ मा कांग्रेसको अग्रता 

By खबरहब

November 23, 2022

कैलाली – कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन् ।

अहिलेसम्म ११ हजार दुई सय ४२ मतगणना हुँदा सत्ता गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नारदमुनि रानाले तीन हजार सात सय ७६ ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो नम्बरमा छन् । उनले एक हजार छ सय ८१ मत पाएका छन्।