फाइल फोटो

राजनीति

काभ्रे २ मा गोकुल बाँस्कोटा मतान्तर घटाउँदै, १ मा एमाले अगाडि

By खबरहब

November 23, 2022

काभ्रे – काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणना अनुसार १ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी) केन्द्रका सूर्यमान दोङ र २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्ना मुख्य प्रतिस्पर्धीसँग मतान्तर घटाइरहेका छन् ।

प्रतिनिधिसभा २ नं क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागार्इंले १२ हजार पाँच सय ९३ मतले अगाडि छन् । उनका प्रतिस्पर्धी बाँस्कोटा एक सय ८ मतान्तरमा छन् ।

प्रतिनिधिसभा १ नं क्षेत्रमा एमालेका रेशम लामाले पाँच हजार चार सय ८२ मतले अग्रता लिइरहेका छन् भने उनका प्रतिद्वन्द्वी दोङले पाँच हजार दुई सय एक मतले पछ्याइरहेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागार्इंले हालसम्म चार हजार छ सय ९६ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा एक लाख ८६ हजार नौ सय ३५ मतदाताले मतदान गरेका थिए ।