राजनीति

दाङ २ : प्रदेशसभा १ मा कांग्रेस विजयी

By खबरहब

November 23, 2022

देउखुरी– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ ९१० मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि बिजयी भएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

खनाल २०७० मा दाङ–३ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ मा उक्त क्षेत्रबाटै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग पराजित भएका थिए ।