राजनीति

पर्सा-२ (२) मा कुर्मी निर्वाचित

By खबरहब

November 23, 2022

पर्सा– पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी भएका छन् ।

कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए।

कुर्मी विसं २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।