राजनीति

सप्तरी-३ को (ख) मा जनमत पार्टीका साह निर्वाचित

By खबरहब

November 23, 2022

राजविराज– सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । सप्तरी-३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार आज सम्पन्न मतपरिणाममा उनी  ४८ मतान्तरले  विजयी भएका हुन् ।

निकटमप्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विदेश्वरप्रसाद यादवले १० हजार आठ सय १४ मत प्राप्त गरे भने नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले नौ हजार दुई सय एक मत प्राप्त गरेका थिए । यसैगरी सप्तरी क्षेत्र नं २ को प्रदेशसभा सदस्य(१)मा जनमत पार्टीका सतिश सिंह र प्रदेशसभा (२) मा महेश यादव निर्वाचित भएका थिए ।