राजनीति

सर्लाही-१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी

By खबरहब

November 23, 2022

सर्लाही– सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी) की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी भएकी छिन् । उनले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

आज बिहान सार्वजनिक मतपरिणामअनुसार लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेकी लुङ्गेलीले १३ हजार छ सय ७६ मत पाएकी थिइन् । लामाले भने छ हजार नौ सय ७७ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले पनि पाँच हजार नौ सय ४५ मत ल्याए। जिल्लाको निर्वाचन क्षेत्र नं १ को (२) बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकी लङ्गेली पार्टी विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका थिए  ।