ब्रेकिङ स्टोरी

१० हजार मत गन्न बाँकी छदै कांग्रेस महामन्त्री शर्माको जित निश्चित

By खबरहब

November 23, 2022

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ झापा १ बाट उम्मेदवार बनेका उनले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गरेका हुन् ।

यहाँ अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी छ । उनी प्रतिस्पर्धी एमालेका अग्नि खरेलभन्दा १३ हजार तीन सय ९४ मतले अगाडि छन् । शर्माले ३७ हजार तीन सय दुई मत पाएका छन् भने खरेलको मत २३ हजार नौ सय आठ मत छ ।

यस क्षेत्रबाट ८७ हजार तीन सय ९६ मत खसेको थियो ।