ब्रेकिङ स्टोरी

योगेश भट्टराई २०८ मतान्तरले विजयी

By खबरहब

November 23, 2022

काठमाडौं– एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् ।

भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् । 

बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए।