ब्रेकिङ स्टोरी

 चित्रबहादुर केसी विजयी

By खबरहब

November 23, 2022

पोखरा– बागलुङ-१ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् ।

आज सकिएको मतगणनामा केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद पाठकले भने १८ हजार ८२५ मत ल्याएर पराजित भए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।