ब्रेकिङ स्टोरी

कांग्रेस १४ क्षेत्रमा विजयी, ५ ठाउँमा एमाले

By खबरहब

November 23, 2022

काठमाडौँ : प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसले १४ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले १४ ठाउँमा जित्दा ४२ ठाउँमा अग्रता लिएको छ ।

यस्तै एमालेले अहिलेसम्म ५ क्षेत्रमा मात्रै जित हासिल गरेको छ भने ३८ ठाउँमा अग्रता लिएको छ । यस्तै माओवादीले २ ठाउँमा जित्दा १६ ठाउँमा अग्रता लिएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ४ ठाउँमा जित्दा ४ ठाउँमा अग्रता लिएको छ ।