काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले हराउँदै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन् ।