ब्रेकिङ स्टोरी

यी हुन् नेपाली कांग्रेसका १६ विजयी उम्मेद्वारहरु

By खबरहब

November 23, 2022

काठमार्डौँ : नेपाली कांग्रेसले सुरुवाती अवस्थामा १६ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसले १६ ठाउँमा जित हासिल गर्दा ४१ क्षेत्रमा अग्रता लिएको छ ।

विजयी हुने कांग्रेस उम्मेद्वारहरुमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि महामन्त्री तथा नयाँ प्रधानमन्त्रीका दाबेदार गगन थापासम्म छन् । देउवाले डडेल्धुराबाट र गगनले काठमाडौँ ४ बाट जित हात पारेका हुन् ।

यस्तै प्रतिनिधिसभा सदस्यमा विजयी हुने कांग्रेस उम्मेद्वारहरुमा काठमाडाँै ५ बाट प्रदीय पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, ओखलढुंगा १ बाट रामहरि खतिवडा, मनाङ १ बाट टेकबहादुर गुरुङ लगायत छन् ।

यस्तै काठमाडौँ १० बाट राजेन्द्र केसी, ललितपुर १ बाट उदयशमशेर राणा, सुर्खेत २ बाट हृद्यराम थानी, काठमाडौँ ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शंकर भण्डारी, पर्सा २ बाट अजयकुमार चौरासिया, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौँ १ बाट प्रकाशमान सिंह र झापा १ बाट विश्वप्रकाश शर्माले जित हासिल गरेका छन् ।